काठमाडौं खबर साउन २७, २०८१
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले हिन्दु राज्य बनाउन माग गरेका छन् । आइतबार बैठकमा लिखित धारणा राख्दै उनले मुलुकलाई हिन्दुराज्य बनाउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताएका हुन् ।
उनले ९४ प्रतिशतभन्दा धेरै ॐकार परिवार रहेको नेपाललाई परापूर्व कालदेखि चलिआएको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न जोडदार माग गरे । उनले यसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने आफ्नो धारणा रहेको पनि बताए ।
उनले परम्परागत धर्म संस्कृति संरक्षण र सम्बर्द्धनमा ठोस कदम नचालेमा देश अगाडि बढ्न नसक्ने धारणा पनि राखे ।