काठमाडौं । पूर्वमन्त्री एवं प्रदेशसभा सांसद बुद्धिकुमार राजभण्डारीसहित ११ जना जुवाखालबाट पक्राउ परेका छन् । शनिबार साँझ तास खेलिरहेको बेलामा काठमाडौं महानगरपालिका–८ स्थित गौरीघाटबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । यसरी पक्राउ पर्नेमा कलाकारहरू समेत रहेका छन् । प्रहरीले दिएको नामावलीअनुसार भण्डारीसहित हास्य टेलिश्रृङ्खला सक्किगोनीमा इन्स्पेक्टरको भूमिका निर्वाह गरेका पुरुषोत्तम शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई प्रहरी वृत्त, गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सांसद भण्डारीसहित उत्तम प्रसाद राई, बीर बहादुर राई, अनिष तामाङ, ठूला तामाङ, दीपक खड्का, पुरुषोत्तम शर्मा, भीम बहादुर साम्बाहाम्फे, रबी श्रेष्ठ, राजु महत र माधव थापा रहेका छन्।
त्यस्तै, वीरबहादुर राई पनि जनप्रतिनिधि हुन्। उनी सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष हुन्।