

काठमाडौ । पूर्वराजा ज्ञानन्द्रले चलखेल गर्न लागेको बहानामा नेकपा माओवादीले सरकारमा जाने चलखेल सुरु गरेको छ । आफ्नो मेची महाकाली यात्रा समेत रोकेर काठमाडौँ फर्किएको माओवादी नेताहरू पूर्व राजाको चलखेल रोक्न भन्दै गणतन्त्रवादीहरूको सरकार बनाउनतर्फ लागेका छन् ।
जसका लागि नेपाली कांग्रेस नेतृत्वकोमा गणतन्त्रवादी सबै दलहरू सम्मिलित सरकार गठनको पहलमा माओवादी जुटेको छ। जसमा कांग्रेस र माओवादी दुवै सहमत भएको दुवै पार्टीका नेताहरुले बताएका छन्।
सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि टेलिफोन संवाद सुरु भएको छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य दलका दोस्रो र तेस्रो तहका नेताबीच मुलुकको पछिल्लो अवस्थाबारे भेटेरै छलफल नै भइरहेको स्रोतले जनाएको छ।
गत फागुन २५ गते पोखराबाट काठमाडौँ फर्किएका पूर्व राजा ज्ञानेन्द्रको स्वागतमा हजारौं मान्छेको भिड भएपछि आत्तिएका गणतन्त्रवादी दलहरू एकजुट भएर सरकारमा जान लागेका हुन ।