 काठमाडौं खबर
					    			
                काठमाडौं खबर        १९ फाल्गुन २०८१
१९ फाल्गुन २०८१            काठमाडौ । नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम आजबाट सुरु भएको छ। रुपन्देहीको भैरवामा सुरु हुन लागिरहेको कार्यक्रमको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यतालिका छ।
भोलिसम्म चल्ने प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री, नेताहरू कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाण, रमेश लेखकलगायत सहभागी हुनेछन् ।
उपसभापति खड्काअनुसार देशभरका क्षेत्रीय सभापति, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रशिक्षण शाखाका प्रमुख गरेर ३३० जना प्रशिक्षणका सहभागी हुन्। यीबाहेक लुम्बिनी प्रदेशका सांसद, मन्त्री यहाँका जिल्ला सभापतिहरु पनि सहभागी हुने उनले बताए।
यसअघि कांग्रेसले माघ २२ र २३ गते प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कास्कीको पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको थियो।
 
									 
					
