

काठमाडौं । इन्सुरेन्स कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद् ओझा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई पाँच वर्षका लागि अध्यक्षमा नियुक्ति गरेको हो।
यसअघिका अध्यक्ष सुर्य सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सोपद रिक्त थियो । रिक्त पदमा ओझालाई सरकारले नियुक्त गरेको हो।
अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको सिफारिस गरेका थियो । जसमध्येबाट ओझा अध्यक्षमा नियुक्त भएका हुन् ।
पत्रकारिता पृष्ठभूमिका ओझा पछिल्लो समय अध्यापन गर्दै आइरहेका थिए ।