

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ। सोमबार अर्थमन्त्रालयले एक सूचना जारी गर्दै योग्यता पुग्ने नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।
पछिल्लो समय नेप्सेको सिइओका लागि खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिँदै आएको छ। सोही अनुसार फागुन १८ गतेभित्र इच्छुक योग्यता पुगेका नागरिकले आवेदन दिन सक्नेगरी सूचना जारी गरिएको हो ।
अन्य योग्यता र सूचनाको विस्तृत जानकारी यस्तो छ ।