

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।
सम्पत्ति शुद्धीकरणमा नेपाल पुन: ग्रे लिस्टमा परेको भन्दै बैठकको विशेष समयमा बोल्दै सापकोटाले यो सरकारको असफलताको सूचक भएको बताएका हुन् । उनले यस्तो असफल भएर बस्नुभन्दा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।
सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए । यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको सङ्केतका रूपमा लिनुपर्ने भन्दै उनले सरकारले नैतिक रूपमा मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् ।