

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिएको अभिव्यक्तिलाई समर्थन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। बुधबार दिउँसो पार्टी महामन्त्री धवल शमशेर राणाले एक विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरिएको जनाए। साथै उनले सम्पूर्ण नेपालीहरूलाई विद्यमान विकराल समस्याको समाधानका लागि आन्दोलनमा हुमिन आह्वान पनि गरेका छन्।
राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका राणाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीहरूलाई साथ दिन आह्वान भएको भन्दै उनको अभिव्यक्तिलाई स्वागत समेत गरेका छन् ।
उनले भनेका छन् : ‘यहि परिप्रेक्ष्यमा देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई सङ्कटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपालीलाई जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोधका साथ आह्वान गर्छु ।’
यस्तो छ राप्रपा महामन्त्रीले जारी गरेको विज्ञप्ति