

काठमाडौँ । झन्डै दुई तिहाई बहुमतको सरकार बनेपनि अध्यादेशको विषयमा अनिर्णित बनेपछि आज सत्तारुढ दलको बैठक बस्दैछ। दिउँसो ११ बजे बस्ने बैठकले संसदमा अध्यादेश कार्यसूचीमा राख्ने विषयमा छलफल गर्ने तयारी छ ।
अध्यादेशको विषय पेचिलो बन्दै गएपछि शुक्रबार सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकले शनिबार सत्तापक्षीय सबै दलको बैठक बस्ने र त्यसले अध्यादेशको बारेमा समेत टुङ्गो लगाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्न बैठक बोलाइएको नेताहरूको भनाइ छ । सत्ता पक्षीय बैठकमा टीआरसीका विषयमा पनि छलफल गर्ने सत्तापक्षको तयारी रहेको छ । त्यस्तै कार्यदल बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय पनि गरेको छ ।