

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली काँग्रेसले २०८४ मा बहुमत ल्याउने दाबी गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कुनै बेला काँग्रेसको कट्टर विरोधी रहेका झलनाथ खनालले अहिले भने काँग्रेसले बहुमत ल्याउने दाबी गरेका हुन् । नेता खनालले कांग्रेस यही ढाँचाबाट अघि बढे काँग्रेसले बहुमत ल्याउने सम्भावना रहेको बताए।
साथै, यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने खनालले टिप्पणी गरे । नेता खनालले ०८४ आउँदै गरेको भन्दै कांग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको दाबी गरे।