

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४औं वर्षमा प्रवेश गरेको छ। विसं २०४७ सालको संविधानमा सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संबैधानिक निकायको रूपमा आयोगको स्थापना गर्ने बताइएको थियो ।
सोही संवैधानिक व्यवस्थाअनुरूप विसं २०४८ सालमा बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअन्तर्गत आयोगको स्थापना भएको हो।
सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टंगालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ ।