काठमाडौं खबर माघ २३, २०८१
काठमाडौं । आवासीय चिकेत्सकहरूले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेका छन् । सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज पनि आन्दोलन जारी राखेका हुन् ।
मंगलबार ओपीडी सेवा ठप्प पारेका उनीहरुले आज आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्ने विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
उनीहरुले सोमबार ३ घन्टा ओपीडी सेवा बहिष्कार गरेका थिए । उनीहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर/प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गरेका थिए ।