

काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुने बैठकमा सरकारले ल्याएका पाँचवटा अध्यादेश प्रस्तुत हुने लगायतका कार्यतालिका तय भएको छ।
लामो समयको रसाकसीपछि बोलाइएको हृदय अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षले आआफ्नो रणनीति तय गरेका छन्। सत्तापक्षीय दलहरू अध्यादेशलाई फास्टट्र्याकबाट पारित गर्ने तयारीमा छन् भने विपक्षी दलहरु यो प्रयासलाई असफल बनाउने प्रयासमा छन्।
मन्त्रिपरिषदको सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए । २९ पुसमा थप चार वटा अध्यादेश जारी भयो ।
अधिवेशन सुरु हुनु अघिल्लो दिन बिहीबार विपक्षी दलहरूको बैठक सिंहदरबारमा बसेको थियो । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यादेशको विरोधमा संसद्मा उत्रने निर्णय गरेको छ ।