काठमाडौं खबर माघ ९, २०८१
काठमाडौं । नेकपा माओवादीले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलले राजीनामा नदिए संसद् बहिष्कार गर्ने चेतावनी दिएका छन् । आइतबार लेखा समिति सदस्य एवं माओवादी सांसद अमनलाल मोदीले लेखा समिति सभापतिले राजीनामा नदिए हिउँदे अधिवेशन बहिस्कारसम्मको चेतावनी दिएका हुन् ।
संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । लेखा समिति सदस्य माओवादी सांसद अमनलाल मोदीले भने, ‘प्रधानमन्त्री र लेखा समिति सभापति एकै दलको हुनुहुँदैन भन्ने मान्यता पालना हुनुपर्छ । सभापतिले मार्ग प्रशस्त गर्नुस् भनिरहेका छौं र भनिरहन्छौँ।’
संसदीय पद्धतिमा लेखा समिति सभापति विपक्षी दललाई प्रचलनविपरीत निरन्तर रहेको र सभापति पत्नी सहकारी प्रकरणमा मुछिएको हुँदा राजीनामा मगिएको हो ।