काठमाडौं खबर माघ ७, २०८१
काठमाडौं । खानेपानी समस्या समाधान गर्न दबाब दिने उद्देश्यले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ काठमाडौं आएका छन्। रित्तो गाग्री बोकेर उनी दबाब दिनका लागि काठमाडौं आएका हुन् ।
यसअघि धरानको भानुचोकमा यसैगरी गाग्री बोकेर प्रदर्शन गरेका उनले त्यहाँको दबाबले काम नगरेपछि काठमाडौं आएका हुन् । मेयर साम्पाङले भोलि (मंगलबार) रित्तो गाग्री बोकेर सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्ने बताएका छन् ।
धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरियो तर पानीको अभाव उस्तै छ ।