

काठमाडौं। भाटभटेनी सुपरमार्केटले आफ्ना नियमित ग्राहकहरूका लागि उपहार योजना ल्याएको छ। यही माघ ६ गतेदेखि फागुन ९ गतेसम्म लागू हुने उपहार योजना अन्तर्गत भाटभटेनीका नियमित ग्राहकले १३०० देखि २ लाख रुपैयाँसम्मको सामान उपहार स्वरूप लैजान पाउने भएका छन्।
हाटबाटै सुपरमार्केटले एक सूचना जारी गर्दै न्यूनतम १३०० देखि अधिकतम २ लाख रुपैयाँसम्मको गिफ्ट भाउचर सदस्यहरूलाई बाँड्ने तयारी रहेको बताएको हो।
भाटभटेनीले आफ्ना नियमित ग्राहकको सङ्ख्या १ लाख९ हजार ५२९ जना रहेको जनाएको छ। यी सम्पूर्ण सदस्यलाई यसरी दिइने गिफ्ट भाउचरमा कुल २२ करोड ५२ लाख ४९ हजार ३२४ खर्च हुने भाटभटेनीले जनाएको छ।
यसरी प्राप्त हुने उपहार देशभरका २७ वटै भाटभटेनी स्टोरबाट लिन सकिने सुपरमार्केटले जनाएको छ।