काठमाडौं खबर माघ २, २०८१
काठमाडौं । सभापति रवि लामिछानेको थुनछेक बहसको फैसला आउनुपूर्व बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले वरिष्ठ अधिवक्तामाथि अदालत परिसरमै हातपात प्रयास गरेका छन् ।
सहकारी पीडितको तर्फबाट बहस गरेर फर्किने क्रममा त्रिपाठीमाथि अदालतको गेट नजिकै लामिछानेका कार्यकर्ताले हातपात गरेका हुन्। उनीहरू लामिछानेको मुद्दाको फैसला कुरेर अदालतको गेटबाहिर बसेका थिए ।
जाहेरवालाको तर्फबाट बहस गरेर बाहिर निस्केका त्रिपाठीमाथि अदालत बाहिर कुरेर बसेका समर्थकहरूले कुटपिट गरेकोले यो योजनाबद्ध रूपमा गरिएको आक्रमण हुन सक्ने पीडित पक्षको आरोप छ ।
सो मुद्दामा आज थुनछेक आदेश आउँदै छ।