काठमाडौं खबर पुस २७, २०८१
काठमाडौं । सरकारले संसद्मा लैजान लागेको नागरिकता ऐन संशोधनसम्बन्धी विधेयकमा बाबुको पहिचान नखुलेका सन्तानलाई पनि नेपालको नागरिकता दिने प्रस्ताव गरिएको छ । नागरिकता ऐनमा केही संशोधन गर्ने प्रस्तावित विधेयकमा यस्तो उल्लेख गरिएको हो ।
त्यस्तै, आमा देशबाहिर गएका बखत जन्मेका बच्चाहरुलाई बाबुको पहिचान भए त्यसका आधारमा र पहिचान नभए पनि आमाको नामको नागरिकताका आधारमा नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको छ । यसका साथै, बाबुको मृत्यु भएका कारण पहिचान भएको छैन भने त्यस्ता सन्तानलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था विधेयकमा राखिएको छ ।
त्यस्तै, नाबालकले पनि अब नागरिकताजस्तै अर्को परिचयपत्र पाउनेछन् । जसबाट राहदानी लगायत अन्य सुविधा पाउन सहज हुने बताइएको छ ।