काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दोषी रहेको संकेत पूर्ण आदेश गरेको छ। न्यायाधीश नितिज राईको इजलासले बिहिबार गरेको फैसलामा तत्काल देखिने प्रमाण हेर्दा रवि लामिछाने कसुरदार होइनन् भन्न सक्ने आधार नदेखिएको भन्दै उनलाई धरौटी लिएर छाड्न वा धरौटी बुझाउन नसकेमा कारागार चलान गर्न आदेश दिएको हो।
लामिछानेलाई अदालतले ६५ लाख रुपैयाँ धरौटी तोकेको छ। न्यायाधीश राईको इजलासले जारी गरेको भनिएको छ :
प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर बाट सन् २०२१ १ २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी अपराध कार्यविधि संहिताको ०६८ र ०७२ समेतको आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमामत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू ।