काठमाडौं। बुढानीलकण्ठ-१३ को महिला संघ सभापतिमा सुलोचना पौडेल चयन भएकी छन् । नेपाली काँग्रेसको सय दिने अभियानअन्तर्गत महासमिति सदस्य न्हुक्षे नारायण श्रेष्ठको उपस्थितिमा महिला संघको१७ सदस्यको समिति सर्वसम्मत चयन भएको हो ।
वडा सभापति भाई नारायण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सदस्य बेदुकाजी घिमिरे, क्षेत्र नं. ४ का क्षेत्रीय सहसचिव महेन्द्र श्रेष्ठ, बुढानीलकण्ठ नगर कार्य समितिका सचिव बिजेन्द्र श्रेष्ठलगायत वडासमितिका पदाधिकारी, क्षेत्रीय प्रतिनिधिहरु र पार्टीको विभिन्न तहमा बसेर जिम्मेवारी बहन गरिरहेका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो।
महिला संघका निर्वतमान कावा सभापति लक्ष्मी जोशी श्रेष्ठले नवनिर्वाचित सभापतिलाई पद हस्तान्तरण गर्दै संगठन निर्माणमा सबैलाई समेटिएर अगाडि बढ्न सुझाव दिइन्।
नगर सचिव बिजेन्द्र श्रेष्ठले भातृ संघहरु पार्टीको मेरुदण्ड भएको र महिला संघको पुनर्गठनले बुढानीलकण्ठ १३ को पार्टी संगठनमा महत्वपूर्ण भुमिका खेल्ने बिश्वास लिदै यसरी नै सबैलाई समेटेर तरुण दल र टोल समिति पुनर्गठन गर्ने बताएका छन्।