काठमाडौं खबर मंसिर २४, २०८१
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
उनले पटकपटक नागरिकताको विवरण हेरफेर गरेको, त्यसबाट व्यक्तिगत लाभ लिएको र राहदानीमा समेत जालझेल गरेको अख्तियारको आरोप छ ।
अख्तियारले दिएको जानकारीअनुसार सिलवालले २४ फागुन २०३२ मा नागरिकताको प्रमाणपत्र लिएका थिए । पछि जिल्ला प्रशासन कार्यालयबाट २०६६ सालमा प्रतिलिपि लिँदा २२ कात्तिक २०१६ साल भनी जन्म मिति उल्लेख गरेका थिए ।
तर निजामती सेवा प्रवेश गर्दा नै उनले १५ साउन, २०१५ भनी जन्ममिति घोषणा गरेका थिए । सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही जन्म मिति उल्लेख थियो । त्यही विवरणलाई आधार मानेर उनले १५ साउन २०७३ मा अवकाश लिएका थिए ।