काठमाडौं । चार दिने चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच नौ वटा बुँदामा सहमति भएको छ । मंगलबार भएको एक कार्यक्रमका बीच नौ बुँदे सहमति भएको हो ।
मंगलबार भएको प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लि छ्याङबीच भएको वार्तापश्चात सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।
यस्तो छ सहमति भएका विषयहरू :
१) टोखा-छहरे सुरुङ मार्गसम्बन्धी पत्रको आदानप्रदान
२) नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र
३) नौतले बसन्तपुर दरवार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान
४) प्रशोधित राँगाभैँसीको मासु निर्यातसम्बन्धी प्रोटोकल
५) विकास योजनासम्बन्धी समझदारीपत्र
६) आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
७) नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
८) स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
९) नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्र