काठमाडौं खबर मंसिर १६, २०८१
काठमाडौं । विभिन्न ४१ स्थानमा भएको उपनिर्वाचनमा मतदान सकिएको छ । धेरै स्थानमा मतगणना सुरु हुन थालेको छ । काठमाडौंमा भएको चार पदको निर्वाचनमा मतदान सकिएको छ । कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्ष एवं काठमाडौं १६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणनाको तयारी तीब्र भएको छ । कीर्तिपुरमा आजै मतगणना सुरु गर्ने तयारी गरिए पनि सर्वदलीय बैठकले भोलि मात्रै मतगणना गर्ने निर्णय गरेको छ ।
मतदानस्थलबाट उपनिर्वाचनको मतपेटिका ल्याइसकिएको र सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृत कमल पोखरेलले जानकारी दिए । ‘१० वटै वडाबाट मतपेटिका ल्याइसकिएको छ । यसपछि खाना खाएर गणना सुरु हुन्छ’, उनले भने । उनका अनुसार गणना शुरु हुँदा रातको १० बज्न सक्छ ।
कीर्तिपुरमा ३१ हजार ११९ मतदातामध्ये २१ हजार ३१५ मत खसेको छ ।