

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले नै १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरे पनि आज बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
उता, विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको छ।
बोर्डले गरेको उक्त निर्णय प्रति भने दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका छन् ।