काठमाडौं खबर मंसिर ११, २०८१
काठमाडौं । आज उच्च सुरक्षा घेराकाबीच सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा कालोमसी पोतिएको छ । सर्वोच्चको सो प्रवेशद्वारमा २४ घण्टै प्रहरीको पहरेदारी हुन्छ । दिउँसो त झनै सुरक्षा व्यवस्था कडा हुन्छ । तर कसले र कसरी त्यहाँ कालो मसी दलियो त ?
प्रहरीका अनुसार सर्वोच्च अदालतको बोर्डमा नै क्षति पुग्नेगरी विनु यादव नामक एक महिलाले कालोमसी छ्यापेकी हुन् । उनी आफू पतिबाट हिंसामा परेको र न्याय नपाएको भन्दै आन्दोलनरत छिन् । मंगलबार उनी सर्वाेच्च अदालत पुगेकी थिइन् । पठाओ बुक गरेर आएकी उनी पठाओबाट ओर्लिनेबित्तिकै सिधै अदालतको बोर्डतिर लागिन् र कालो मसी फ्याकिन् । घोलिइरहेको रातो रंग गेटमा पोखेकी उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राखेको थियो ।
अहिले ३१औं अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १३ दिने अभियान संसारभर चलिरहेको छ । सोही समयमा उनले भने न्यायको लागि भन्दै कालोमसी दलेको बताएकी छन् । उनको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ । तर, न्यायका लागि भन्दै उनी सडक संघर्षम उत्रिन थालेकी छन् ।