काठमाडौं खबर मंसिर ५, २०८१
काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदी नेपाल आएका छन् । बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी नेपालका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी पाँच दिने भ्रमणका लागि काठमाडौं आएका हुन् ।
परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाका प्रधानसेनापतिले एक अर्काको देशमा गएर मानार्थ प्रधानसेनापतिको दर्ज्यानी लिने चलन रहेको छ । सेनापति द्विवेदीलाई नेपाली सेनाको युद्धकार्य विभाकका महानिर्देशक एवं नेपालको तर्फबाट संयुक्त राष्ट्र संघको सल्लाहकार पदका लागि उम्मेदवार उपरथी प्रेमध्वज अधिकारीले स्वागत गरेका थिए ।
नेपालमा रहँदा द्विवेदीले उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न समेत प्राप्त गर्नेछन् । बिहीबार सो कार्यक्रम राखिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भारतीय सेनाध्यक्ष द्विवेदी ९ मंसिरसम्म नेपालमा रहने छन् । त्यसक्रममा उनले राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानविर राई लगायतसँग भेटवार्ता समेत गर्नेछन् ।