काठमाडौं खबर मंसिर ३, २०८१
काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
ढुंगानाको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार मन्त्री गुरुङले जानकारी दिए ।