काठमाडौं खबर मंसिर १, २०८१
काठमाडौं । नेपाली काँग्रेसले कीर्तिपुर नगरपालिकाका नगर सभापति कृष्णमान डंगोललाई नै नगरपालिकाको मेयरको टिकट दिएको छ । आगामी मंसिर १६ गते कीर्तिपुरको मेयरका लागि आएको १४ जनाको नामबाट प्रदेश कमिटीले डंगोलको नाम छानेको हो ।
शनिबार बसेको नेपाली कांग्रेसको बागमती प्रदेश समितिको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पालिकाबाट १४ जनाको नाम जिल्ला हुँदै प्रदेशमा पुगेको थियो।
कीर्तिपुरमा काँग्रेसका उम्मेदवार राजकुमार नकर्मीले चुनाव जिते पनि उनको गत साउनमा ज्यान गएपछि त्यहाँ उपचुनाव हुन लागेको हो । कांग्रेसले मेयर र उपमेयर मात्रै होइन, १० मध्ये ९ वटा वडाध्यक्ष पनि जितेको थियो। अघिल्लो पटक जितेकाले यसपटक पनि आफूहरुले नै जित्ने कांग्रेसको दाबी छ।