काठमाडौं खबर कार्तिक ३०, २०८१
काठमाडौं । गगन थापाको सचिवालय अर्थात् सांसदको कार्यालयले छैठौं फाइनान्सियल फ्रन्टियर स्किल अप अभियान सञ्चालन गर्ने भएको छ । यही मंसिर ८ गते शनिबार काठमाडौंमा हुने कार्यक्रममा
वित्तीय ज्ञान र व्यक्तिगत वित्तीय व्यवस्थापनसँग सम्बन्धित ज्ञान र व्यक्तिगत वित्तीय व्यवस्थापन सीपहरू सिक्न सकिने सांसद थापाले आफ्नो फेसबुकमार्फत् जानकारी दिएका छन् ।
सो कार्यक्रममा सहभागी हुन चाहनेहरूले तस्वीरमा उल्लेखित क्युआरमार्फत् वा यस लिंकमा रहेको फारम भरेर आफ्नो स्थान सुरक्षित बनाउन सक्ने बताइएको छ ।
कार्यक्रम शनिबार दिउँसो १ बजेदेखि बागबजारस्थित न्हुँज पार्टी भेन्युमा सुरु हुनेछ ।