काठमाडौं खबर कार्तिक ३०, २०८१
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको नाफा घटेको छ । साउन भदौ र असोज महिनामा टेलिकमको नाफा १४.२ प्रतिशतले घटेको छ ।
अघिल्लो आर्थिक वर्षको यही समयमा कुल दुई अर्ब दुई करोड ७४ लाख रुपैयाँ रहेकोमा यो वर्ष एक अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा गत आर्थिक वर्षको यहीं अवधिमा कम्पनीको खुद नाफा घट्नुको मुख्य कारण ब्याज आम्दानी ३३ प्रतिशत घट्नु देखिन्छ ।
वित्तीय आम्दानी पहिले १ अर्ब ७५ करोड रहेकोमा अहिले १ अर्ब १७ करोड छ । कम्पनीको बिक्री आम्दानी पहिले ८ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा अहिले ८ अर्ब ६८ करोड छ । ब्याज आम्दानी घटेपछि कुल आम्दानी नै घटेको छ । यस्तो आम्दानी पहिले १० अर्ब ६४ करोड रहेकोमा अहिले १० अर्ब ६ करोडमा झरेको छ ।