काठमाडौं खबर कार्तिक २८, २०८१
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्कलाइन विवादपछि लाइन काटिएका छ वटा उद्योगमा लाइन जोडेको छ । मंगलबार राति उद्योगले छ वटाको लाइन जोडिएको र बुधबार लाइन काटिएका सबै उद्योगमा लाइन जोडिने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।
मन्त्रिपरिषद् र सञ्चालक समितिको निर्णयपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातहतका कार्यालयलाई उद्योगहरूमा लाइन जोड्न निर्देशन दिएका हुन् ।
महसुल भुक्तानी नगरेपछि प्राधिकरणले गत कार्तिक ८ गते ३४ ठूला उद्योगको लाइन काटेको थियो । सरकारी हस्तक्षेपपछि प्राधिरकरणले महसुल भुक्तानी बिनै लाइन जोड्न थालेको हो ।