काठमाडौं खबर कार्तिक २६, २०८१
काठमाडौं । सरकारले लाइन काटिएका उद्योगीहरूको लाइन सोमबार दिउँसो १२ बजेभित्र जोडिसक्न नेपाल विद्युत् प्राधिकरणको नाममा निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समय नै तोकेर प्राधिकरणले काटेका उद्योगहरूको लाइन जोड्ने निर्णय गरेको हो।
डेडिकेटेड तथा ट्रङ्कलाइन विवादमा महसुल नतिरेको भन्दै प्राधिकरणले ३० भन्दा बढी उद्योगका लाइनहरु काटिएको छ । बैठकले १५ दिन भित्र बक्यौता टिओडी मिटरबमोजिम असुल गर्ने निर्णय समेत गरेको एक मन्त्रीले जानकारी दिए ।