काठमाडौं खबर कार्तिक २५, २०८१
पोखरा । जिल्ला अदालत कास्कीले रास्वपाका सभापति रवि लामिछानेलाई १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत कात्तिक दुई गते पक्राउ परेका सभापति लामिछानेलाई पहिलोपटक चार दिन र दोस्रो पटक पाँच दिनका लागि हिरासतमार राख्न समय दिएको थियो ।
तेस्रो पटक तिहार बिदाको म्यादसहित गर्दा १० दिन हिरासतमा राख्न समय दिएको भए पनि यसपटक एकैपटक १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश नवराज दाहालको एकल इजलासले सो निर्णय गरेको हो।
रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । रविलाई कानुनअनुसार ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ ।