काठमाडौं खबर कार्तिक २५, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चौथो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरिएको छ । तेस्रो पटक थपिएको म्याद पनि शनिबार राति सकिएपछि आइतबार पुन: म्याद थपका लागि अदालत लैजान लागिएको हो ।
सहकारी ठगीमा कात्तिक २ मा पक्राउ परेका लामिछानेको अनुसन्धान जारी रहेकाले आज पनि प्रहरीले थप म्याद माग्ने बताइएको छ ।
लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, संगठित अपराधजस्ता मुद्दामा अनुसन्धान भइरहेको छ ।