काठमाडौं खबर कार्तिक २४, २०८१
काठमाडौं । पूर्वराजा महेन्द्रकी पत्नी पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह डिस्चार्ज भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनलाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
शुक्रबार डिस्चार्ज हुनुअघि पूर्वराजा ज्ञानेन्द्र, उनकी पत्नी कोमल, पूर्वयुवराज पारस शाह लगायत अस्पताल पुगेका थिए ।
डिस्चार्ज भएकी रत्नलाई ज्ञानेन्द्रले आफ्नै गाडीमा राखेर नारायणहिटी दरबारस्थित महेन्द्र मञ्जिलमा लगेर छाडेका थिए ।