काठमाडौं खबर कार्तिक २०, २०८१
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई पाँच वर्ष जेल हाल्न आदेश जारी गरेको छ। यसअघि पाटन उच्च अदालतको आदेशलाई सदर गर्दै सर्वोच्चले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो ।
मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो।
उनीविरुद्ध २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।