

काठमाडौं । बन्द हड्ताल नगर्ने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नीतिविपरीत चितवनमा राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरेको छ । शनिबार सभापति रवि लामिछानेको गिरफ्तारीविरुद्ध रास्वपाले आन्दोलन गरेको हो ।
सहकारी ठगी र संगठित अपराधको आरोपमा रवि एक साताभन्दा धेरै समयदेखि प्रहरी हिरासतमा छन् । आफ्ना पार्टी सभापति रवि लामिछानेको पक्षमा रास्वपा कार्यकर्ताहरूले शनिबार दिउँसो चितवनको नारायणगढमा प्रदर्शन आह्वान गरेको थियो ।
उनीहरूले नारायणघाटको पुल्चोकमा दिउँसो आधा घन्टा राजमार्ग अवरूद्ध गरेर प्रदर्शन गरेका हुन्। राजमार्ग ठप्प हुँदा राजमार्ग हुँदै चल्ने सबै सवारीसाधनहरू रोकिएका थिए।