काठमाडौं खबर कार्तिक २, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगी मु्द्दामा संसदीय छानबिन समितिबाट दोषी ठहर भएका उनलाई शुक्रबार नै कास्की जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको थियो ।
पक्राउको अनुमति लगत्तै कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोलाई पक्राउ गरी पठाइदिन भन्दै पत्र लेखेको थियो । सो पत्रको आधारमा उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।
पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई संगठित अपराधमा पनि अनुसन्धान गर्नका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।