काठमाडौं खबर कार्तिक २, २०८१
काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछाने आजै पक्राउ पर्ने सम्भावना बढेको छ । शुक्रबार कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर लामिछानेलाई पक्राउ गर्न लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
दशैँ बिदा सकाएर न्यायाधीश कृष्णजंग शाह अदालत हाजिर भएसँगै लामिछानेविरुद्धको पक्राउ पुर्जी लिन प्रहरी अदालत पुगेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेत रहेका एसपी श्याम ओलिया जिल्ला अदालत कास्कीमा पुगेका छन् । उनीसँग डीएसपी वसन्त शर्मासमेत छन् ।
आज एकाएक बसेको विपक्षी दलको बैठकमा समेत प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष प्रचण्डले रवि पक्राउ पर्ने सम्भावनाबारे बताएका थिए ।