काठमाडौं खबर अशोज ३०, २०८१
काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज(नेप्से) आज पनि दोहोरो अङ्कले बढेको छ । दशैँपछि निरन्तर बढिरहेको सेयरबजार दोस्रो कारोबारका दिन नेप्से परिसूचक ४३.२२ अङ्कले बढेर २७४२.८८ को विन्दुमा अडिएको हो ।
आज ६४ लाख १७ हजार २६७ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको थियो ।
बुधवार १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ । आज अपर स्यान्ज हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । यसका लगानीकर्ताहरूले सर्वाधिक घाटा खाएका छन् ।