काठमाडौं खबर अशोज १, २०८१
काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाको लागि ब्याजदर घटाएका छन् । नेपाल बैंकर संघका अनुसार असोजमा बैंकहरूको ब्याजदर औसतमा ०.१४ प्रतिशतले घटेको हो।
नयाँ ब्याजदरअनुसार व्यक्तिगततर्फको मुद्दती निक्षेपको ब्याजदर औसत ६.३८ प्रतिशत कायम भएको छ । जुन भदौ महिनामा औसत ६.५२ प्रतिशत थियो ।
असोजमा १० वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् भने, ८ वटा वाणिज्य भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यस्तै, दुई बैंकले मात्रै ब्याजदर बढाएका छन् ।
यस्तो छ बैंकहरूको ब्याजदर :