काठमाडौं खबर भदौ २४, २०८१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कर्मचारीको खाजा खाने समय घटाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट घटाएर हरेक आधा घण्टामा झारिएको बताए ।
‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन,’ उनले भनेका छन् ।
‘कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेलो सरकारमा कम्प्लेन गर्न अनुरोध छ,’ प्रधामन्त्री ओलीले भनेका छन् । ओलीले नयाँ नियम उल्लंघन गरेको भेटिए ‘हेलो सरकार’मार्फत उजुरी दिन आग्रह गरेका छन् ।