काठमाडौं । सोमबार भारी अंकले बढेको सेयर बजारमा मंगलबार पनि वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको हो । आज नेप्से परिसूचक छ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम भएको हो
आज तीन सय २८ कम्पनीको तीन करोड पाँच लाख ९९ हजार आठ सय ९० कित्ता शेयर एक लाख ४४ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ५७ करोड ७१ लाख पाँच हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा विकास बैंक एक दशमलव ३२, होटल तथा पर्यटन शून्य दशमलव ६५, जीवन बीमा दुई दशमलव २८, लघुवित्त शून्य दशमलव ३६ र निर्जीवन बीमा चार दशमलव ७८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव ६७, वित्त एक दशमलव ५७, जलविद्युत् शून्य दशमलव ५०, लगानी शून्य दशमलव ४४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १४, म्युचुअल फन्ड शून्य दशमलव शुन्य तीन, व्यापार शून्य दशमलव ४१ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ ।