काठमाडौं खबर साउन ३१, २०८१
काठमाडौं । नेपाल टेलिकमको गत आर्थिक वर्षको खुद नाफा साढे १६ प्रतिशतले घटेको छ । टेलिकमले जारी गरेको फाइनान्सियल रिपोर्टअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको खुद मुनाफा १६.४४ प्रतिशतले कम भएको हो । प्रतिशेयर आम्दानी ३६.७७ रहेको नेपाल टेलिकमको करअघिको मुनाफा ३.९१ प्रतिशतले कमी आएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ११ अर्ब ७७ करोड ९८ लाख ४ हजार रहेको करअघिको मुनाफा अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ८४ करोड २५ लाख ६२ हजार थियो ।
नेपाल टेलिकमका अनुसार आर्थिक वर्ष २०८०/८१ मा राजश्व र खुद नाफा कम हुनुमा ओटीटी सेवाको बढ्दो कारण अन्तर्राष्ट्रिय सेवा तथा अन्तरआबद्धता आयमा गत आर्थिक वर्षको तुलनामा करिब १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी भएका कारण नाफा घटेको जनाएको हो । साथै, ओटीटी सेवाले कम्पनीको समग्र भोइस र एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको जनाइएको हो ।
यस्तो छ टेलिकमको फाइनान्सियल रिपोर्ट