

काठमाडौं । पटकपटक २७०० नाघे पनि अन्तिममा अघिल्लो दिनको भन्दा २० अंकले घटेर आजको सेयर कारोबार बन्द भएको छ । आइतबार मौद्रिक नीतिको पहिलो दिन दुई पटक सर्किट लागेको नेप्सेले सोमबार भने सुखद् सन्देश दिएन ।
सोमबार कारोबार सुरु भएको दुई मिनेटमै परिसूचक २७३५ नाघेको थियो । पछि पनि थप दुईपटक परिसूचकले २७०० को अंक पार गर्यो । तर अन्तिममा नेप्से २६६० अंकमा सीमित भएको छ । सोमबार फाइनान्स ५६ र हाइड्रो सेक्टर २६ अंकले बढ्यो भने बाँकी सबै क्षेत्रमा गिरावट आएको थियो ।
तर सोमबार कारोबार भने बढेर १९ अर्ब नाघेको छ । सोमबार बैंकिङ ०.६, विकास बैंक १४२, होटल तथा पर्यटन १९, जीवन बीमा २५२, उत्पादन १३७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा १४०, अन्य ०.५६ र व्यापार १७६ अंक घटे ।