काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस एमालेबीच नेपालमा सरकारलाई स्थायित्व दिने विषयमा सहमति भएको खुलाएका छन् । सहमतिको मुख्य बुँदामा नै अहिलेको अवस्थाले सरकार स्थायी बन्न नसकेको भन्दै यसलाई स्थायित्व दिन नै आफूहरूले गठबन्धन गरेको उनले स्पष्ट पारे ।
शनिबार बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले सरकार बदलिएकै कारणले गर्दा दुई पार्टी मिलेपछि ०८४ सालसम्म हामी तलमाथि गर्दैनौं भनेर सहमति गरेको स्पष्ट पारे । ‘एउटा चरणमा एमालेको अध्यक्षको नेतृत्वको सरकार रहन्छ त्यसपछि कांग्रेस सभापतिको नेतृत्वमा सरकार रहन्छ। मनमा सबैको आशंका छ, यहाँ भाषणा एउटा कुरा भनेपनि बाहिर निस्केपछि भोलि भनेको बेलामा छोड्छ त ठ्याक्कै हुन्छ त भन्ने सबैको मनमा छ।’ उनले भने ।
अहिले हस्ताक्षर गर्नेहरुको पनि सदनमा बसेर हेर्दा ढाटेको १५/१६ पटक पुग्ने भन्दै थापाले अहिले एमालेसँग भएको लिखित समझदारी हाम्रो कारणले कहिँ पनि तलमाथि नहुने स्पष्ट पारे ।
‘दुई वर्ष ओली नेतृत्वको सरकार चलाउने भनिएको छ, हाम्रो चकचकले कहिँ तलमाथि हुँदैन। यो कुरा हामीले प्रमाणित गर्दै आइरहेका छौं । अस्ति संसदमा प्रचण्डजीले बोल्दा पनि हामीतिर अलि बढी माया प्रेम देखाउनुभएको छ। त्यसो चलिरहन्छ।’ उनले भने ‘दुई महिनाअघि चाहिँ सबैभन्दा खराब कांग्रेस केही महिनापछि त्यही रोष्ट्रममा पार्टी कांग्रेस ठिक भन्नुभयो। त्यसैले कांग्रेस आफ्नो सहमतिबाट तलमाथि गर्दैनौं। एमालेप्रति पनि त्यही अपेक्षा गछौं।’