काठमाडौं । पार्टीभित्र र आफ्नो क्षेत्रका नागरिकको समस्या सम्बोधनका लागि नेपाली काँग्रेसका महामन्त्री समेत रहेका क्षेत्र नं ४ का सांसद गगन थापाले बुढानीलकण्ठ नगरपालिकाको १३ नं वडामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
स्थानीय नागरिक र पार्टीका कार्यकर्ताहरूसँग संवाद (अन्तर्क्रिया) गर्न थापा शनिबार बिहान बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्थित चुनिखेल पुगेका थिए । कार्यक्रममा नेपाली काँग्रेस बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ वडा कार्य समितिले आयोजना गरेको उक्त कार्यक्रममा उठेका प्रश्न र गुनासोलाई उनले सम्बोधन गरेका छन् ।
कार्यक्रममा सांसद थापासँगै प्रदेश सांसद मिना पराजुली, पूर्व प्रदेश सांसद न्हुच्छे नारायण श्रेष्ठ, काठमाडौं जिल्ला क्षेत्र नं. ४ का क्षेत्रीय सभापति श्याम कृष्ण संगत, काठमाडौं जिल्ला क्षेत्र नं ४ प्रदेश (ख) का सभापति रामप्रसाद लुईटेल, बुढानीलकण्ठ नगर कार्य समितिका सभापति राजाराम बुढाथोकी, महासमिति सदस्य राजु थापालगायत वडाका क्रियाशील सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको वडा सभापति भाइनारायण श्रेष्ठले जानकारी दिए ।