काठमाडौं खबर असार १७, २०८१
काठमाडौं । संसदको पहिलो र दोस्रो ठूलो दल नेपाली काँग्रेस र नेकपा एमालेबीच गठबन्धनमा सरकार बनाउने सहमति भएको छ ।
सोमबार राति दुई दलबीच भएको सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको नेपाली काँग्रेसका एक नेताले जानकारी दिए ।
सोमबार राति भएको सहमतिमा ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र काँग्रेसले गृह मन्त्रालयसहित १० वटा मन्त्रालय लिने सहमति भएको छ । अन्य मन्त्रालयको भागबण्डा मिल्न बाँकी छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने सहमतिको जुटेको हो ।