काठमाडौं । नेपालमा सञ्चालित गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को बजेट मन्त्रालयकोभ न्दा ठूलो हुने गरेको महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री सुरेन्द्रराज आचार्यले बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा मन्त्री आचार्यले सो कुरा बताएका हुन् । सांसदलहरूले एनजीओ आईएनजीओप्रति बहश छलफल गरेको सो कार्यक्रममा ग समाज कल्याण परिषद्का पदाधिकारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र सचिव बैठकमा उपस्थित थिए ।
सांसदहरू एनजीओ तथा आईएनजीओमाथि उनीहरुले गम्भीर आरोप लगाएका छन् ।समाजकल्याण परिषद्को अध्यक्ष महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री रहने व्यवस्था छ । ।
बैठकमा सांसदहरूजस्तै मन्त्री आचार्य पनि एनजीओ/आईएनजीओको कामप्रति सन्तुष्ट देखिएनन् । उनले परिषद्को सुधार गर्न लागिएको बताए । परिषद्मा मन्त्रालयको कुनै हस्तक्षेप नभएको जनाउँदै उनले ऐन संशोधन आवश्यक भएको जिकिर गरे ।
“परिषद्ले गरेको काम सुधार गर्न र समाज कल्याणका काम कसरी हुन्छ भनेर अध्ययन गर्न विशेष अदालतको पूर्वन्यायाधीशको नेतृत्वमा समिति बनाएका छौँ, रिपोर्ट केही दिनमा आउँछ,” उनले भने, “परिषद्को काम सन्तुष्टजनक छैन । राज्यले प्राथमिकता तोक्नु छ ।”
मन्त्री आचार्यले एउटै आईएनजीओले एकै पार्टनर एनजीओ बनाएर काम गरेको भन्दै मन्त्रालयको बजेटभन्दा तीन गुना बढी रकम एउटै आईएनजीओले खर्च गर्ने गरेको उल्लेख गरे । एक अर्बको कार्यक्रम आए २० करोड प्रशासनिक खर्च देखाएर वास्तविक काम गर्ने प्रचलन हराउँदै गएको भनाई उनको थियो । ठूला आईएनजीओले अर्थ मन्त्रालयमार्फत सधैी काम गर्ने गरेको उनले स्पष्ट पारे ।