- बद्रीनाथ कायस्थ
श्री स्वस्थानी परमेश्वरी ब्रतकथा मा उमामहेश्वर को उल्लेख धेरै ठाउंहरुमा भएको छ । शैव शाक्त धर्म मान्ने नेवा समुदाय ले यस शिवशक्ति स्वरुप लाई धेरै मान्यता दिएको छ ।उमामहेश्वर महादेव र सतीदेबी लाई पनि मानिन्छ र शिव पार्वती लाई पनि मानिन्छ । शैव शाक्त धर्म मान्ने नेवा समुदाय ले पार्वती लाई सतीदेबी को पुनर्जन्म को रुपमा लिएको छ । उमामहेश्वर को बर्णन धेरै प्रकारले गरिएको देखिन्छ । आज म यहॉ श्री स्वस्थानी परमेश्वरी ब्रतकथा मा बिशेष उल्लेख भएको १. पबित्र कोषबाट कन्याहरु को जन्म २. सुबिधाजनक सृष्टि को क्रम , र ३. सर्बजन हिताय कल्याणकारी शक्ति पीठहरु, को रुपमा प्रस्तुत गर्न खोजिरहेको छु ।
१. ब्रह्माजीको सृष्टिको क्रम: –
ईश्वरीय सृष्टि अन्तर्गत शिवशक्ति सिद्धान्त मा शिवलिंग स्वरुपमा रहेर ब्रह्मा जी लाई दोस्रो चरणको सृष्टि को क्रम अगाडि बढाउन चॉजो पॉजो मिलाई दिनु भएको उल्लेख छ ।त्यस्मा थप सतीदेबी ले जन्म लिएर बीरणी को कोष लाई पबित्र बनाई शक्ति प्रदान गर्नु भयो ।जस्ले गर्दा बीरणी को कोषबाट कोटि की कोटि कन्याहरु जन्म लिंएको उल्लेख छ । ईश्वरीले ईश्वरीय सृष्टि को क्रम पुरा गर्दै ब्रह्मा को सृष्टि को क्रम अगाडि बढाउन आवश्यक सबै चॉजोपॉजो शिवशक्ति स्वरुपमा मिलाई दिनु भयो ।यसरी ब्रह्मा लाई सृष्टि कर्ता को रुपमा नित्य सृष्टि गर्न आबश्यक कुराहरु को ब्यबस्था भएको मान्यता छ ।
१.१. त्रिदेवको स्तुति र प्रार्थनाबाट ईश्वरी प्रसन्न भएर ब्रह्मालाई सृष्टिकर्त्ता, विष्णुलाई पालनकर्ता र रुद्रलाई संहारकर्ता भनेर वरदान दिनुभएको उल्लेख छ । सोहीबमोजिम ब्रह्मालाई सृष्टिको क्रम अगाडि बढाउन जिम्मेदारी प्राप्त भयो ।
१.२. त्यसरी नै ईश्वरीय सृष्टिअन्तर्गत पनि पञ्चतत्वहरू सृष्टि गरी सत्व, रज, तम, गुणहरूबाट पुरुष (आत्मा ) तत्व र २४ प्राकृतिक तत्वहरु गरी २५ तत्वहरूको सृष्टि गरी ब्रह्मालाई सृष्टिको क्रम अगाडि बढाउन उपलब्ध गराएको थियो ।
१.३. त्यसका साथै विष्णुको कानेगुजीबाट उत्पन्न भएको मधुकैटभ दैत्यको बध गरी त्यसको बृहत् शरीर को बोसो जमेर माटो भयो । हड्डि र अंगहरु जमेर पहाड र पत्थर भएर ब्रह्मा लाई सृष्टि गर्न आबश्यक तत्वहरु उपलब्ध भयो ।
१.४. त्यस्पछि ब्रह्मा ले सृष्टि को शुरुआत गर्नु भएको भएता पनि ब्रह्मा लाई सृष्टि को क्रम अगाडि बढाउन केही बाधा महसूस भएको मान्यता छ ।
१.५. ब्रह्मा , दक्ष प्रजापति र अन्य आठ प्रजापतिहरु को सृष्टि गरी दक्ष प्रजापति को राजकाज बाट सन्तुष्ट भएको देखाइएको छ ।
२. पवित्र स्वरूप : –
सतिदेवीले बीरणीको कोषबाट जन्म लिएर वीरणीको कोषलाई नै पवित्र बनाई दिनुभयो । श्री माहामायाको पवित्रता र शक्तिको कारण बीरणीको कोष पवित्र भयो ।
२.१. यसरी सतीदेबी ले बीरणी को कोष बाट जन्मेर कोषलाई नै पबित्र बनाई यस्को क्षमता शक्ति पनि धेरै बढ़ाई दिनुभयो ।
२.२. त्यस्पछि बीरणी को कोष बाट जन्मेको सबै कन्याहरु उच्च कोटि का कन्याहरु भएको कारण सृष्टि को क्रम अगाडि बढाउन सजिलो बनाई दियो ।
२.३. त्यस्तै बीरणीको कोषबाट कोटि कोटि कन्याहरु जन्म लिंएर देवलोकका देवताहरु लाई उपयुक्त स्त्री शक्तिहरु उपलब्ध गराउन सक्षम भएका थिए ।
२.४. त्यस मध्येको तेरह (१३) कन्याहरु कश्यप ऋषि लाई कन्यादान दिएर चराचर जगतको सृष्टि लाई अगाडि बढाउन सक्षम भए ।त्यसकारण कश्यप ऋषि लाई दोस्रो ब्रह्मा को दर्जा प्राप्त भयो । कश्यप ऋषि को ती १३ स्त्रीहरु बाट सबै प्रकारका जीवजन्तुहरु , चराचुरुंगीहरु , जनावरहरु , मनुष्य हरु , दानवहरु दैत्यहरु , देवताहरु , आदि को जन्म भयो । यसरी कश्यप ऋषि को तेरह पत्नीहरु बाट चार चराचर जगत को जन्म बाट नित्य सृष्टिमा सहजता हुन पुग्यो ।
२.५. त्यस्तै धर्मराज लाई दश कन्याहरु कन्यादान दिएर सन्तान साथ पाएर सत्य धर्मको पालन गर्न सक्षम भए ।
२.६. चन्द्रमा ले पनि २७ कन्याहरु कन्यादान पाएर २७ नक्षत्रहरु को रानी बनाएर राख्न पाए ।
२.७. त्यस्तै ऋषिहरु ले कन्यादान पाएर सृष्टि को क्रम अगाडि बढाउन आबश्यक सहयोग गर्न पाए ।
२.८. त्यस्बाहेक बीरणी को कोष बाट कोटि कोटि कन्याहरु जन्म लिएर सबै देवताहरुले कन्यादान पाउंन सफल भए ।
२.९. यसरी सतीदेबी ले बीरणी को कोष बाट जन्मेर कोषलाई नै पबित्र पारी संन्तान जन्माउने क्षमता बृद्धि भयो ।
२.१०. बीरणी को कोषबाट जन्मेको सबै सन्तानहरु लाई हुर्काउने र हेरचाह गर्ने काममा पनि सतीदेबी ले प्रमुख भूमिका खेलेको कारण सबै कन्याहरु को क्षमता बिकाश भएको मान्यता छ ।
३.. अलौकिक शक्ति: –
सतीदेबी को महादेव संग बिबाह रचाउन र शिवशक्ति स्वरूपको पहिचान गराउन बिभिन्न लीलाहरु पनि देखाउनु भयो ।
३.१. सतीदेबी को बिबाह एक बृद्ध भिखारी रुप महादेव संग छल कपट को रुपमा भयो ।बिबाह पछि दुबैले आआफ्नु लीला देखाएर शिवशक्ति को क्षमता को परिचय दिनु भयो ।
३.२. त्यसपछि एउटा गरीबको झोपडी मा बसेर कोटि कोटि बहिनीहरु लाई पाहुना मानेर उनीहरु को ईच्छा अनुसार को भोजन , लता कपडाहरू र पान सुपारीहरू आदि उपलब्ध गराई पाहुना सत्कार खातिर गर्न सक्षम भएको देखाए ।
३.३. सूर्यलाई आज्ञादिएर अस्ताउन बाट रोक्न सकिने क्षमताको प्रदर्शन गर्नु भयो ।
३.४. महादेव लाई एक काल्पनिक शहर खडा गर्न र गायव गर्न सकिने क्षमता भएको देखाउनु भयो ।
३.५. महादेव ले सतीदेबी को चरित्र परीक्षण गर्न भेष बदल्न सक्ने देखाए ।
३.६. त्यस्तै लीलाहरु रचेर दुवैको क्षमता देखाएर मात्र कैलाश प्रबेश गरेको देखाए ।यसरी अलौकिक शक्ति को प्रदर्शन पनि गरे ।
४.. सृष्टिको क्रममा सुविधा :-
सतीदेवीले उमामहेश्वर रुपमा रहेर महादेव लाई सृष्टि को क्रम अगाडि बढाउन साथ दिएर सम्पूर्ण कार्य सुबिधाजनक र सरल तरिकाबाट सम्पन्न गर्न सक्षम भए
४.१. सतीदेबी ले महादेव संग बिबाह गरी शिवशक्ति स्वरुपको प्रतीक उमामहेश्वर स्वरुपमा रहि महादेव को सृष्टि को क्रम अगाडि बढाउने काममा हात बढाईन जस्ले गर्दा महादेव लाई काममा धेरैनै सुविधा प्राप्त भयो यसरी महादेव लाई साथ दिएर सृष्टि को क्रम अगाडि बढाउन सतीदेबी ले सजिलो र सुबिधाजनक बनाई दिनुभयो ।
४.२. जस्ले गर्दा महादेव लाई फ़ुर्सत निकालेर सतीदेबी संग पासा / कौड़ी खेल्ने समय सम्म निकाल्न सजिलो भयो ।
४.३. यस्मा सतीदेबी ले महादेव लाई अझ सुबिधा होस भनेर बिद्या शक्ति को प्रदर्शन गरी गोप्य रुपमा संचालन गर्न आज्ञा समेत दिनुभयो ।
४.४. आगम शास्त्र ( तन्त्र शास्त्र) को परिचय दिएर सृष्टि को क्रम अगाडि बढाउन यस्को सदुपयोग गर्न समेत आज्ञा दिनुभयो ।
४.५. उमामहेश्वर रुपमा महादेव लाई बिद्या शक्ति संचालन गरी सृष्टि को क्रम अगाडि बढाउन र सबै कुराहरु सन्तुलनमा राख्न मद्दत पुगेको वा सुबिधा भएको मान्यता छ ।
५.. सर्वजन कल्याणकारी : –
सतीदेबी ले दक्ष यज्ञमा हामफालेर प्राण त्याग गरिसके पछि पनि आफ्नु शरीरको अंग पतन भएर शक्ति पीठहरु उत्पत्ति भएको ठाउंहरुमा सबैको कल्याण होस भनेर शक्ति को श्रोत लाई बिकेन्द्रीकरण गरी स्थानीय वासीहरु को लागि शक्ति को श्रोत को रुपमा रहनु भयो।त्यस्को लागि बिभिन्न पचास स्थानहरुमा शक्ति पीठहरु उत्पत्ति भइ साथमा पचास शिवलिंगहरु पनि उत्पत्ति भइ शिवशक्ति सिद्धान्त मा शक्ति प्रदान गर्न बिकेन्द्रीकरण को सिद्धान्त अपनाएर सबैको कल्याण गरेको मान्यता छ ।
६.. उमामहेश्वर
नेपाल मण्डलमा उमामहेश्वरको मूर्तिहरु र मन्दिरहरु प्रसस्त पाईन्छन् ।सतीदेबी ले महादेव साथ उमामहेश्वर स्वरुपमा रहेर शिवशक्ति सिद्धान्त मा सहयोग उपलब्ध गराउन सकिने कुरा देखाए । पार्वती को जन्म सतीदेबी को पुनर्जन्म को रुपमा भएको हुनाले महादेव र पार्वती पनि उमामहेश्वर को रुपमा शिवशक्ति स्वरुपमा रहेको मान्यता छ ।
६.१. यस्मा उमामहेश्वर बाट सम्पूर्ण परिवार सुख शान्ति र आनन्दका साथ रहेको उदाहरण प्रदर्शन गर्नु भएको छ ।
६.२. उमामहेश्वर मूर्तिमा चारैतिर बिभिन्न कार्यहरु भइरहेको पनि देखाइएको छ । माथिबाट गंगाको जल धारा प्राप्त भइरहने छ । भने तल गणहरु बाट गाना बजाना सबै भइरहेको देखिन्छ ।दायॉ बायॉ बाट पनि सहयोग पुर्याई रहने प्रावधान देखाइएको छ ।
६.३. उमामहेश्वर को मूर्तिहरु आज आएर केही सिमीत स्थानहरु मा मात्र देखा पर्दछ ।खास गरेर ढुंगे धाराहरुमा , शक्ति पीठ र शिवलिंग भएको मन्दिर परिसर मा, र प्राय जस्तो मोहल्ला मोहल्लाको संधै सबेरै मुख धूने र पानी लिन जाने ढुंगे धाराहरुमा उमामहेश्वर को मूर्ति रहेको पाईन्छ ।श्री स्वस्थानी परमेश्वरी ब्रतकथामा उमामहेश्वर को महत्व बारेमा स्पष्ट धारणा रहेको पाईन्छ ।